अन्य कार्यालय सुनसान,क्व्होलासोथरमा धुमधाम

अञ्जनकुमार

Advertisement 1

भनिन्छ नि ९ दिनमा नौलो २० दिनमा बिर्सियो । नेपालको संविधान २०७२ ले आठौं बर्ष पार गर्दै गर्दाको संविधान दिवसको हालत त्यस्तै भयो । शुरुवाती दिनमा जुन उल्लास, उमंग र रौनक थियो, तर संविधान शैशव हुँदै बाल्यकालमा हुर्कदै जाँदा महत्त्व सेलाउदै गयो ।
विगतमा संविधान दिवसको छुट्टै उत्साह हुन्थ्यो, लमजुङमा । तर यस बर्ष स्थिति बिगतको भन्दा ठीक उल्टो देखियो । अघिल्ला बर्षमा जिल्ला प्रशासन कार्यालय अन्माउन ठीक्क पारिएकी बेहुली झै चिरिच्याट्ट सजिएको हुन्थ्यो । जिल्ला प्रशासन कार्यालय नै त्यस अनुरुप तयारी गरेपछि जिल्लाका अन्य सरकारी कार्यालयहरु सिगारिएका हुन्थे । साझ दिप प्रज्वलन हुन्थ्यो । सदरमुकामको भीमसेन स्थानमा नेपालको नक्सा बनाएर मैनबत्ती बालिन्थ्यो । राजनीति दलले त्यसैमा साथ दिन्थें,दीप प्रज्वलन कार्यक्रम आयोजना गर्थे । तर यसपालि सदरमुकाममा खासै उमंग देखिएन संविधान दिवसको दिन। यो दिवसको कसैले वास्त गरेनन् । मुकाम वरपरका पालिका र सरकारी कार्यालय सबै सुते ।
जिल्ला मै दिवसको रौनक नभएको बेला क्व्होलासोथर गाउँपालिकाले भने पालिका स्तरमा पहिलो पटक भव्य रूपमा यो दिवस मनाएको छ । केही दिन अघिमात्रै प्रमुख प्रशासकीय भएर सो पालिका आएका माधवप्रसाद वाग्लेले यो महत्त्वपूर्ण दिनलाई भुल्न नहुने भएका कारण दिवस मनाउन उत्प्रेरित गरेका थिए । हामी औशी पुर्णिामा संक्रान्ती जस्ता पर्वलाई त निकै तामझाम साथ मनाउछौ तर मुलुक र नागरिकको भविष्य कोरिएको दस्तावेज जारी भएको दिनलाई उपेक्षित गर्न नहुने उनको भनाई थियोे । केही नयाँ गर्ने हुटहुटी बोकेर आफू यहाँ आएको बताउदै आफ्नो काम कर्तव्य प्रति जिम्मेवार र बफादार बन्ने हो भने मुलुकको मुहार फेर्न कुनै कठिनाइ नहुने वाग्लेको भनाई छ ।
उनी भन्छन्, मुलुकको पहिलो जग नै स्थानीय सरकार हो सरकारमा बस्ने सबैले यो संविधानको मर्मलाई आत्मसात गरेर अगाडि बढे जनताको आकाक्षा पनि पुरा गर्न दशकौं कुर्न पर्दैन । त्यही अवसरमा उनले आफ्नो कर्मचारीलाई कुनै दवाब प्रभावमा नपरी आफुलाई नागरिकको सेवक ठानेर काम गर्न पनि आग्रह गरेका थिए ।
पालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले दिप प्रज्वलन गरि सुरुवात गरिएको कार्यक्रममा मन्तव्य राख्दै भने, ०७२ भदौ ३० गते दुईतिहाई भन्दाबढी मतले पारित गरिएको यो संविधान इतिहासमै गर्व गर्न दिन हो ।

झण्डै नब्बे प्रतिशत बढीको बहुमतमा पारित संविधानमा ३५ खण्ड , ३०८ धारा र ९ वटा अनुसूचीहरू रहेका जानकारी गराउदै यही सविधानले नै केन्द्रिकृत शासन ब्यवस्थालाई संघीयमा रुपान्तरण गरेको हो यो हामीले गौरव गर्ने बिषय हो । मुलुकको रुपमा स्थापित गरेको छ । संविधानप्रति कतिको असन्तुष्टि होला, त्यसलाई परिमार्जित गर्न सकिन्छ तर संविधान नै खराव भनेर कतिपयले जलाएको प्रति भने अध्यक्ष गुरुङको सहमति थिएन ।

Advertisement 2

जिल्लामै संविधान दिवसको उपेक्षा भएको बेला त्यो साख क्व्होलासोथर गाउँपालिकाले राखेको थियो । प्रायः सबै कर्मचारीको उपस्थिति भएको सो कार्यक्रम केही समय अघिमात्रै सम्पन्न भएको आफ्नै भवनको प्राङ्गणमा गरिएको लेखापाल कवि रानाभाटले जनाएका छन् ।

प्रकाशित :२०८० आश्विन ४, बिहीबार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry