यस्ता छन् सरकारका पछिल्ला २२ निर्णय

भदौ ९ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ। बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने लगायतका विभिन्न निर्णय गरेको हो।

Advertisement 1

बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको बताए ।

यस्तै बैठकले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।

Advertisement 2

यसैगरी हङकङ र ल्हासा महावाणिज्यदुतावासमा दूत बनाई पठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तर्गत सरुवा गर्ने निर्णय भएको बताएका छन् ।

प्रकाशित :२०७७ भाद्र १२, शुक्रबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry