स्वास्थ्यमन्त्री बस्नेतद्वारा पूर्वसांसदको स्वास्थ्य स्थितिबारे जानकारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन ।

Advertisement 1

फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार डा अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ ।

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन । अस्पतालका निर्देशक डा पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका हुन  ।

प्रकाशित :२०८० असार १७, आईतवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry