डा. निर्मलकुमार विश्वकर्मा राजदुतमा नियुक्त
दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।
Advertisement 1
राष्ट्रपति कार्यालयले विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका राष्ट्रपति कार्यलयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।। विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयुक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन्। उनी नाताले पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका ज्वाइँ हुन् ।
गत असोज १५ गते मन्त्रिपरिषद बैठकले उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।
Advertisement 2
विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा काम गरेका थिए ।