एमाले संसदीय दलमा महेश बर्ताैलाको फड्को
एमाले पार्टी फुटेर कसैलाई फाइदा भयो भने ती हुन्– महेश बर्ताैला । पार्टी नफुटेको हुँदो त, न महेशले टिकट पाउने थिए, न त आफ्नो राजनीतिक गुरु विरोध खतिवडालाई हराउने अवसर नै मिल्ने थियो ! हेभिवेट विरोधलाई हराएर संघीय सांसद भएका बर्ताैला चार दशकअघि भीमफेदी गाउँपालिकामा जन्मिएका हुन् । ०५३ सालमा कालिका माध्यमिक विद्यालय नामटारबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले २२ वर्ष अखिलको राजनीति गर्दा नबसेको र काम नगरेको कुनै कमिटी छैन । ०५४ सालमा इलाका कमिटी हुँदै ०५६ मा मकवानपुर जिल्ला कमिटीको सदस्य, ०५८ सालमा सचिव हुँदै वि.सं. ०६३ सालमा नारायणी अञ्चल कमिटीको सदस्य भएर काम गरे ।
Advertisement 1
०६० सालको स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसको सदस्य चलाए । ०६२ र ०६५ मा सभापति भए । ०६५ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका उनी सचिवालय सदस्य हुँदै सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षमा उक्लिए । राजनीतिशास्त्रमा एमबिएस, एमए गरेका उनी लाइसेन्सप्राप्त अधिवक्ता हुन् । अहिले उपसचिवको भूमिकामा छन् एमाले बाग्मती प्रदेशको । आइतबार अपराह्न एमाले संसदीय दलको कार्यालयमा गत आइतबार कुराकानी गरिरहँदा मोबाइलमा घण्टी बज्यो बालकोटबाट, संसदीय दलको सचेतकमा नियुक्त गरिएको बारे जानकारी दिनलाई ।