संघीय निजामती ऐनको मस्यौदा अन्तिम चरणमा : कर्मचारीको उमेर हद ६० पुग्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको कर्मचारीहरुको उमेर हद ६० बर्ष बनाउने तयारी भइरहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले यस्तो बताएका हुन ।
मन्त्री मोदीका अनुसार संघीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र अब आउने ऐनमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० बर्ष पुर्याउने तयारी भइरहेको जनाएका हुन ।

Advertisement 1

स्वास्थ्य,शिक्षा,संसद सेवाका कर्मचारीहरुको उमेर हद ६० बर्ष कायम गरिएको छ भने न्यायधीशहरुले भने ६५ वर्ष नपुगेसम्म जागिर खान पाउँछन् । अब निजामती कर्मचारीको उमेर हद पनि ६० कायम गर्न खोजिएको मन्त्रीको भनाई छ ।

विद्येयक केही दिनमै संसद्‌मा दर्ता गर्ने तयारी भइरहेको र अहिले मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिटै संसदमा दर्ताको तयारीमा रहेको जनाएका छन् ।

Advertisement 2

यस्तै मन्त्री मोदीले निजामती कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्का अलवा कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने, दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादन सम्बन्धी छुट्टै व्यवस्था गरिने जनाएका छन् ।

मन्त्री मोदीले सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै कसैले पैसा लिएको वा घुस लिएको प्रमाणित भए कारबाही गर्न तयार रहेको बताए ।

प्रकाशित :२०७९ फाल्गुन २४, बुधबार १४:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry