काठमाडौंमा यस्तो देखियो प्रचण्ड- माधव समुहको शक्ति प्रर्दशन (फोटोफिचर)
सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) जुलुस काठमाडौंका विभिन्न स्थानबाट शुरु भएको छ । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको विरोध सभाका लागि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएका छन् । राजधानीका ५ स्थानबाट शुरू भएका जुलुसहरू सभास्थल भृकुटीमण्डपतर्फ अघि बढेका हुन् ।
Advertisement 1
दुई लाख बढी मान्छे उतार्न भनिएको जुलुस माइतीघर, पुल्चोक, लैनचौर, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने जनाइएको छ ।
नेकपाका अध्यक्षद्वउ पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुनेछ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
Advertisement 2
विरोधसभामा सहभागी हुन बिभिन्न जिल्लाबाट समेत नेकपाका कार्यकर्ता तथा समर्थकहरु काठमाडौंमा आएका छन् । जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
संसद विघटनलगायतका प्रतिगामी कदमविरुद्ध आन्दोलनरत नेकपाले यो विरोधसभालाई अहिलेसम्मकै विशाल प्रदर्शनको रुपमा लिएको छ । यसअघि नेकपाले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।
Advertisement 3
आजको आमसभालाई यी १४ नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
यी हुन् वक्ताहरुः
१. अञ्जना विशंखे, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२. अमृता थापामगर, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), अध्यक्ष, अनेमसंघ
३. महफुज अन्सारी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
४. रामकुमारी झाँक्री, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
५. रामचन्द्र झा, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
६. सन्तकुमार चौधरी, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
७. जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, कर्णाली प्रदेश, नेपाल कम्युनिष्ट पार्टी (
नेकपा)
८. देवप्रसाद गुरुङ, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
९. भीमबहादुर रावल, स्थायी कमिटी सदस्य तथा इन्चार्ज, सुदूरपश्चिम प्रदेश, नेपाल कम्युनिष्ट
पार्टी (नेकपा)
१०. रघुजी पन्त, स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
११. नारायणकाजी श्रेष्ठ, प्रवक्ता, सचिवालय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संयोजक, केन्द्रीय संघर्ष समिति
१२. झलनाथ खनाल, वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री
१३. माधवकुमार नेपाल, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवम् पूर्वप्रधानमन्त्री
१४. पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, तथा संसदीय दलका नेता नेपाल कम्युनिष्ट पार्टी (
नेकपा) एवम् पूर्वप्रधानमन्त्री