रसुवा अस्पतालले मनायो ७३ औं प्रजातन्त्र दिवस
रसुवा जिल्ला अस्पतालमा विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ ।
Advertisement 1
जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भुर्तेलले उक्त कार्यक्रमको सम्बोधन गरेका थिए ।
Advertisement 2
२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
Advertisement 3
एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको संझनामा आजका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले आजैका दिन देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । वि.सं. २०४६ तथा ०६२/६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
मुलुकमा भएको संविधानसभाको दोस्रो निर्वाचनसँगै गठित संविधानसभाले २०७२ असोज ३ गते गणतान्त्रिक नेपालको नयाँ संविधान समेत जारी गरिसकेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनकै उपज स्वरुप मुलुक गणतान्त्रिक नेपालसम्म आइपुग्न सफल भएकोले फागुन सातको प्रजातन्त्र दिवस अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिक विश्लेषकहरुको कथन छ ।