अब कार्यसम्पादनमा ८० अंक कटाउने कर्मचारीलाई पुरस्कार,५० भन्दा न्यून अंक ल्याउनेलाई विभागीय कारवाही

सरकारले कार्यसम्पादनमा उत्कृष्ट नतिजा दिने कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ कमजोर कार्यसम्पादन गर्ने कर्मचारीलाई विभागीय कारवाहीको डण्डा बर्साउने भएको हो ।
Advertisement 1
हालैमात्र राजपत्रमा प्रकाशित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले यस्तो व्यवस्था गरेको हो ।सो नियमावली अनुसार विकास आयोजनाको जिम्मेवारी लिएका प्रमुखमध्ये उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सरकारले २५ हजार रुपैंयासम्मको पुरस्कार दिने भएको छ। सो नियमावलीको नियम ३१ अनुसारको कार्यसम्पादन गर्नेमध्येबाट मूल्यांकन गर्दा उत्कृष्ट नम्बर पाएका आयोजना प्रमुखलाई यस्तो पुरस्कार दिइने छ।
आर्थिक वर्षको सुरुमा गरिएको कार्यसम्पादन सम्झौताअनुसार काम गरेर उत्कृष्ट नतिजा दिने कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गर्न लागिएको हो ।
Advertisement 2
कार्यसम्पादन सम्झौता कार्यान्वयन भए वा नभएको सम्बन्धमा मूल्याङ्कन गर्दा सम्पूर्ण क्रियाकलाप वा उपलब्धिलाई कुल एक सय अङ्क कायम गरिने छ। त्यसमा ८० माथि अङ्क पाउनेलाई उत्कृष्ट, ६५ भन्दा माथिलाई सन्तोषजनक, ५० देखि ६५ अङ्क पाउनेलाई सामान्य र पचासभन्दा कम अङ्क पाउनेलाई कमजोर कार्यसम्पादन गरेको मानिने छ।

मूल्यांकनबाट ८० भन्दा माथि अङ्क पाउने विकास आयोजना प्रमुख वा उक्त कार्यसम्पादनको क्रममा अरुको पनि भुमिका देखिएमा २५ हजारलाई दामासाहीले बाँडफाँड गरिने नियमावलीमा उल्लेख गरिएको छ।
Advertisement 3
कार्यसम्पादन मूल्यांकनबाट ५० भन्दा न्यून अंक ल्याउनेलाई भने विभागीय कारबाही हुने नियमावलीमा व्यवस्था गरिएको छ।