अर्थबाट हटेका सचिव सामान्यमा भित्रिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गरेका छन् ।

Advertisement 1

मन्त्रालयमा कार्यरत रहेका अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ कृष्णहरि पुष्करलाई भित्राएका हुन ।

पुष्कर जनार्दन शर्मा अर्थमन्त्री हुँदा अर्थ सचिवको भूमिकामा थिए । सहसचिवबाट सचिवमा बढुवा भएपछि सामान्यतया प्रशासन सेवाका कर्मचारीलाई प्रदेशमा प्रमुख सचिवको रुपमा खटाउने प्रचलन भए पनि शक्तिकेन्द्रसँगको उठबसका कारण पुष्करको हकमा प्रदेशमा खटिनु परेन । उनी सिधै अर्थ सचिवको रुपमा पोष्टिङ भएका थिए ।
विष्णु पौडेल अर्थमन्त्री हुँदा त्यहाँबाट फालिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्काइएका उनी संघीय मामिला तथा सामान्य प्रशासनको सचिवको रुपमा इन्ट्री पाएका हुन । हिजो बसेको क्याविनेट बैंठकले संघीय मामिला तथा सामान्य प्रशासनका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पठाएर त्यहाँका सचिव कृष्णहरि पुष्करलाई सामान्यमा भित्र्याइएको छ ।
यस्तै यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेर खेलोफड्को गर्दै आएका रविन्द्रजंग थापालाई पनि जिम्मेवारीबाट हटाइएर आन्तरिक शाखामा पठाउने तयारी भइरहेको मन्त्री मोदी निकट स्रोतले जनाएको छ ।

प्रकाशित :२०७९ माघ २४, मंगलवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry