सहसचिवलाई निमित्त,विज्ञ सचिवलाई अन्यन्त्र

सुशासनका चर्का कुरा गर्ने प्रधानमन्त्री प्रचण्डले सम्हालेको मन्त्रालयमै सुशासनको खिल्ली उडाइएको भेटिएको छ ।

Advertisement 1

प्रधानमन्त्री प्रचण्डको जिम्मेवारीमा अहिले गृह, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय पनि छन् ।

सोही वन मन्त्रालयको जिम्मेवारी दिने क्रममा सुशासनको खिल्ली उडाइएको हो । वनका विज्ञ सचिवलाई कृषिमै थन्काएर कृषिसेवातर्फकै सहसचिवलाई निमित्त सचिवको जिम्मेवारी दिइपछि सुशासनको चर्काे कुरा देखाउने बिषयमात्र बन्न पुगेको हो ।

Advertisement 2

वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले १३ मंसिरमा अवकाश पाएर घर फर्किएसँगै वन मन्त्रालय सचिवबिहिन छन् । जागिरे जीवनका ३० बर्ष समय वन सेवामै बिताएका र वनवृत्ति र जलवायु परिवर्तनमा पीएचडी गरेका डा दीपककुमार खराललाई कृषितिर थन्काइएको छ । ५ महिनाअघि नै सचिवमा बढुवा भएका उनलाई कृषि तथा पशुपक्षीतिर थन्काएर यस अघि पनि शिव वाग्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएकोमा हिजोको क्याविनेटले कृषि सेवाका सहसचिवलाई वनको निमित्त सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कृषि सेवा विभागका महानिर्देशक सहसचिव डा रेवतीरमण पौडेललाई वन तथा वातावरण मन्त्रालयको कामु सचिव दिइएसँगै सरकारको निर्णय आलोचनामा परेको छ ।
उसो त भ्रष्टाचार मुद्धामा डामिएका सहसचिव नवराज ढुंगना नै प्रधानमन्त्री प्रचण्डको निजी सचिवको जिम्मेवारीमा छन् ।

Advertisement 3

प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै उनले गत पुस २० गते सहसचिव ढुंगनालाई आफ्नो नीजि सचिवमा नियुक्त गरेका थिए । ढुंगनामाथि भ्रष्टाचार मुद्धा विचराधिन रहेको भेटिएको छ । ढुंगना वन तथा वातावरण मन्त्रालय हुँदै महालेखा नियन्त्रकको कार्यालयमा सहमहालेखा नियन्त्रक तथा प्रवक्ता भएर जाँदा लेखाका कर्मचारीहरुको सरुवामा अनियमितता गरेको भन्दै उनीविरुद्ध रातो घरमा उजुरी दर्ज भएको हो ।

सह–महालेखा नियन्त्रकमा रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन बाँकी नै छ ।

प्रकाशित :२०७९ माघ २०, शुक्रबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry