राजश्व अनुसन्धान विभागका शाखा अधिकृत रिजालले ३ करोड भ्रष्टाचार गरेको खुलासा
विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ६ महिना कैद सजाय सुनाएको छ। उनलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गर्दै जरिवानासमेत तोकिएको हो।
Advertisement 1
विशेषको आइतबारको इजलासले उनको सम्पत्तिमध्ये ४५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ। वि।स। २०४० देखि सरकारी सेवामा प्रवेश गरेका रिजाल २०७४ वैशाख १५ गते अवकास पाएका थिए । करिब ३५ बर्षको सेवामा उनि खानेपानी तथा ढल निकास विभाग, भुमिसुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती पाएका थिए । अख्तियारले राजश्व अनुसन्धान विभाग सम्म आइपुग्दा रिजालले कमाएको सम्पत्ती र त्यसका स्रोतहरुको बारेमा अनुसन्धान गर्दै भ्रष्टाचार भएको ठहर गरेको हो ।
उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकास लिँदासम्म पारिश्रमिक, जग्गा विक्री लगायत अन्य विभिन्न आम्दानीबाट कुल एक करोड ९६ लाख ८६ हजार पाँचसय आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । त्यस्तै उनले सार्वजनिक सेवामा रहँदा कुल ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको छ । यसमध्य २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको हो । रिजाल र उनको श्रीमतीको नाममा संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स समेत रहेको छ ।
Advertisement 2
रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबी अख्तियारको थियो। विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको हो।