“तपाईंहरू सिडिओ र डिएसपी छान्न छोडेर प्रणाली सुधारमा सघाउनुस्”
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सञ्चारमाध्यमलाई प्रयोेग गरेर गलत सूचना फैलाउने काम भइरहेको बताएका छन् ।
Advertisement 1
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले मिडियाको ‘कन्टेन्ट’मा आफ्नो चासो नभए पनि गलत सूचना मिडियाबाट प्रचार हुँदा जवाफ दिँदै हिँड्नुपरेको उल्लेख गरे । “मिडियामा मेरो कुनै चासो छैन । किनभने, म त्यहाँबाट निस्किसकेको मान्छे हुँ । त्यहाँ आउने विषयवस्तुमा म कुनै कमेन्ट गर्ने पक्षमा छैन,” उनले भने, “मिडियालाई मिडियम बनाएर गलत सूचना प्रवाह भइदिएन भने हामीले जवाफ दिँदै हिँड्नुपर्ने थिएन ।”
‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ,’ लामिछानेले भने।
Advertisement 2
गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी लामिछानेले गरेका छन्। पछिल्लो समय हत्या आरोपी एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भइरहेको छ। लामिछानेले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरेका छन्।