‘नेकपा र सूर्य पाउने आशा नगर्नू, बयलगाढा लिएर चुनावमा जानु’
सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम पनि नलिन चेतावनी दिएका छन् । ताप्लेजुङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले चेतावनी दिएका हुन् ।
Advertisement 1
नेकपाको केन्द्रीय कमिटीको दुईतिहाई बहुमतले ओलीलाई अध्यक्षबाट हटाएकोले अब ओलीले नेकपाको नाम लिइरहन नपाउने नेपालले बताए । निर्वाचन आयोगले के मान्छ भन्दापनि आफूहरुको निर्णयले आधिकारिकता राख्ने नेपालको दावी छ ।
नेपालले अब ओली एउटा सानो झुण्डको, गुटको नेता भएको भन्दै नेकपाको नाम पनि लिन नपाउने बताए । नेपालले भने, ‘नेकपा र सूर्य पाउने आशा नगरे हुन्छ, बयलगाढा लिएर चुनावमा जानुस् ।’
प्रकाशित :२०७७ माघ १३, मंगलवार १९:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%