कोलनिकाको अधिकृतलाई निर्वाचन अनुगमनको जिम्मेवारी

 

Advertisement 1

निर्वाचन आयोगले सरकारी कर्मचारी तथा शिक्षकहरुले निर्वाचन आचारसंहिता उल्लघन गरे वा नगरेको बिषयमा अनुगमन गर्ने जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई दिइएको छ । कोलनिकाको प्रमुखले निर्वाचन आचारसंहिता उल्लघन भए वा नभएको बिषयमा अनुगमन अधिकृतको रूपमा काम गर्नेछन् ।

अनुगमन अधिकृतलाई जिल्लाभित्रका कर्मचारी, शिक्षक र आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएकाको आचारसंहिता पालना भए वा नभएको अनुगमन गर्ने अधिकार दिएको छ।

Advertisement 2

अनुगमन अधिकृतलाई आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका अन्य कुनै व्यक्तिले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा आचारसंहिता अनुगमन अधिकृतले निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने र सोको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने गरी अधिकार दिइएको छ’, आयोगले आफ्नो विज्ञप्तिमा बताएको छ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अनुगमनको काम गर्नेगरि कोलेनिका प्रमुखलाई अनुगमन अधिकृत तोकिएको जनाएको छ।

प्रकाशित :२०७९ आश्विन २७, बिहीबार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम