बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेलाई

बर्दियाको बाँसगढी नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा खडगबहादुर खड्का १० हजार ६१ मतसहित विजयी भए। खड्का निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थारूले ८५७७ मत पाए । कांग्रेसका सविनकुमार थापा भने ६७११ मतका साथ तेस्रो भए ।
Advertisement 1
यसैगरी, उपमेयरमा पनि एमालेकी इन्दिरा चौधरी निर्वाचित भएकी छिन् । चौधरीले ९६९९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भोमी विटालुले ७४३६ मत पाइन् । कांग्रेसका आकाश थारूले भने ७१५१ मत पाइन् ।
प्रकाशित :२०७९ जेष्ठ ६, शुक्रबार १९:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%