अधिवक्ता बन्दी कानुनमन्त्रीमा नियुक्त,बडूलाई उद्योगमा सारियो
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । जसअनुसार अधिवक्ता गोविन्द शर्मा बन्दी कोइराला कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् भने यस अघि कानुन मन्त्रालय सम्हादै आएका दिलेन्द्र बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Advertisement 1
बिगत नौ महिनादेखि रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बडूलाई पठाएर कानुन मन्त्रीको जिम्मेवारी अधिवक्ता बन्दीलाई दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसलाई गोविन्द शर्मा कोइरालालाई मन्त्रीमा नियुक्त गरेकी छन् । बन्दीले प्रतिनिधि सभा विघटनका समयमा देउवाको पक्षबाट अदालतमा बहस गरेका थिए । संवैधानिक र संक्रमणकालीन न्यायको क्षेत्रमा सक्रिय रहँदै आएका बन्दीले यस अघि अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको व्याख्यात्मक टिप्पणी लेखेका थिए ।
नाताले बन्दी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ हुन् । गैरसांसद ६ महिनासम्म संघीय सांसद बन्न पाउने प्रावधान छ । सोही प्रावधान अनुसार उनी मन्त्री पदमा नियुक्त भएका हुन ।