मुख्यमन्त्रीविरुद्ध अविश्वाशको प्रस्ताव दर्ता,तीन मन्त्रीले दिए राजीनामा

केन्दमा देखिएको नेकपाको विवाद भुषको आगोझैं प्रदेशतिर सल्कन थालेको छ । यस्को प्रभाव देखिएको छ बागमती प्रदेशमा ।
त्यहाँका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड र माधव नेपाल पक्षधर ४५ सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।
तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा बुझाएका हुन्।

प्रकाशित :२०७७ पुष १०, शुक्रबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry