कार्यसम्पादन मूल्यांकनमा :-अजयमेरु गाउँपालिका अब्बल, गल्छी गाउँपालिका कमजोर (रिर्पोटसहित)

प्राकृतिक स्रोत तथा वित्त आयोगले मुलुकभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । आयोगले कार्यसम्पादन मूल्यांकनका लागि तयार पारेका ११ वटा सूचक र स्थानीय तहको प्रायोजनका लागि तयार पारेका १७ वटा सूचकका साथैं सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकका आधारमा यो रिर्पोट सार्वजनिक गरेको जनाएको छ । आयोगका रिर्पोट अनुसार २४ वटा स्थानीय तहले ४० भन्दा कम अंक पाएका छन् । यस्तै १ सय ९६ स्थानीय तहले ५० भन्दा कम अंक ल्याएका छन् । दुई सय स्थानीय तहले ५० अंक कटाउन सकेका छैनन । ४२ तहले ७० भन्दा बढी अंक ल्याएका छन् । यस्तै दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । कार्यसम्पादन रिर्पोटमा सबैभन्दा बढी बढी अंक ल्याउने गाउँपालिकामा अजयमेरु गाउँपालिका रहेको छ । सो पालिकाले ७८ दशमलव ६९ अंक प्राप्त गरेको छ ।
सबैभन्दा कम अंक ल्याउने पालिका बनेको छ धादिङको गल्छी गाउँपालिका । उस्ले ३५ अंक ल्याएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/स्थानीय_तह1.pdf”]

प्रकाशित :२०७८ फाल्गुन २२, आईतवार ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम