नयाँ चालक अनुमतिपत्र,अझैं दुई महिना नखुल्ने

सरकारले नयाँ सवारी चालक अनुमतिपत्र तत्काल नखुलाउने भएको छ । कोरोना कहर र लकडाउनका कारण गत चैत्रदेखि बन्द रहेको सेवा तत्काल नखुल्ने यातायात व्यबस्था विभागले जनाएको छ । विभागका अनुसार कोरोना कहर अझैं नसकिएको कारण झण्डै नौ महिनादेखि अवरुद्ध सेवा तत्काल खोल्दा सेवाग्राहीको चाप लाग्ने र सङ्क्रमण फैलनसक्ने भन्दै तत्काल नखुलाउने बिषयमा छलफल अघि बढेको हो । अझैं पुस र माघ महिना नयाँ अनुमतिपत्र नखुल्ने बिषयमा छलफल भएको विभागले जनाएको छ ।
विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफल गरेको थियो । सो छलफलमा तत्काल नयाँ अनुमतिपत्र खोल्दा कोरोना संक्रमणको जोखिम फैलनसक्ने भन्दै पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको मन्त्रालयको प्रवक्ता विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

Advertisement 1

नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ । त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ ।

प्रकाशित :२०७७ मंसिर २८, आईतवार १५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry