सातामा दुई दिन सार्वजानिक बिदा दिने पक्षमा सरकारी समिति (प्रतिवेदनसहित)
सरकारले सातामा दुई दिन सार्वजानिक विदा दिने प्रस्ताव अघि बढाएको छ । सरकारी अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
Advertisement 1
मन्त्रालयका सह सचिव कमल प्रसाद भट्टराई,रुद्रसिंह तमाङ,पर्यटन बोर्डको कार्यकारी निर्देशक धनञ्जय रेग्मी,गृहका उपसचिव वाशुदेव घिमिरे,अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासनका उप सचिव कविन्द्र नेपाल सम्मिलित सिफारिस समिति गठन भएको थियो ।
१८ पृष्ठ लामो सो प्रतिवेदनमा भनिएको छ, ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको छ ।’
Advertisement 2
https://drive.google.com/file/d/19x3lKZ503H-nO0EV_0kc5yR_pZLy0GtN/view