नबिल बैंकद्धारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सुर्खेतकँे बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगँे बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेकँे छ ।
Advertisement 1
बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगँे बैंकिङका प्रबन्धक लिला प्रसाद अँेझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम÷तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बँेल्दै नबिल बैंककँे कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकँको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।
Advertisement 2
नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगँे बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो ।