दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् ।

Advertisement 1

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा। बैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभाबी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।

Advertisement 2

नेकपा (माओवादी केन्द्र) का युवा नेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे । बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा समेत कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रकाशित :२०७८ कार्तिक ७, आईतवार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry