वाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोभिड
नेपालमा कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,बैंकरहरु ।
हालसम्म नेपालमा कोरोना संक्रमितको सख्या १ लाख ९७ हजार नाघेको छ । कोरोनालाई परास्त गरेर घर फर्कनेहरुको संख्या १ लाख ६० हजार हाराहारी तछ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार झण्डै ३७ हजार अहिले पनि सक्रिय संक्रमित रहेका छन् । कोरोनाकै कारण ११२६ जनाको ज्यान गएको छ ।
अहिलेसम्म बैकिङ क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारीहरूमा कोभिड संक्रमित भएको छ । सो संख्या केही दिन अघि अझ बढ्दै गएको नेपाल बैंकर्स संघले जानकारी गराएको छ । बढ्दै गएको कोभिडका आम कर्मचारी दिनप्रतिदिन असुरक्षित हुँदै गएको बताइएको छ ।
Advertisement 1
यसैबीच कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकको सम्पूर्ण सेवा बन्द रहने पनि संघले जनाएको छ । यो अवधिमा पनि डिजिटल बैकिङ भने सुचारु रहने संघले जनाएको छ । बैंकहरूले एटीएम सेवा भने यथावत रहने छ । संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैकिङको अधिकतम प्रयोग गर्न समेत ग्राहक वर्गमा अनुरोध पनि गरेको छ ।