साढे दुई अर्बको अनियमितता काण्डमा मुछिए डा. खतिवडा


पूर्व अर्थमन्त्री युवराज खतिवडा साढे दुई अर्ब अनियमितता प्रकरणमा मुछिएका छन् । पटक पटक गरी सात पटकसम्म सरकारी नियुक्ति खाने अवसर पाएका युवराज खतिवडा गभर्नर हुँदा साढे दुई अर्व अनियमितता प्रकरणमा मुछिएका हुन् ।
केपी ओलीका प्रिय युवराज खतिवडा गभर्नर हुँदा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको घोटालामा मिलेमतो गरेको गम्भीर आरोप लगाउँदै संसदीय समितिमा उजुरी पुगेको छ । नेपाल राष्ट्र बैंकका कर्मचारी रहेका खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष,गभर्नर हुँदै,राष्ट्रिय सभामा मनोनित सांसद,अर्थमन्त्री बने ।
उनै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका लागि राजदूतमा सिफारिस गरे । उनी राजदुतमा सिफारिस भएपछि संसदीय सुनुवाई समितिमा तीन वटा उजुरी दर्ज भएका छन् जसमध्ये एक हो जसमध्ये एउटा उनी गभर्नर हुँदा केही महिनाअघि राष्ट्र बैंकले सबै अवस्था राम्रो भनेर रिपोर्ट बनाएर बोनस समेत स्वीकृत गरेको र लगत्तै संकटग्रस्त घोषणा गरेको थियो । सस्थाको अनियमिततामा त्यतीबेला राष्ट्र बैंककै मिलेमतो रहेको र छानबिनको क्रममा नाइकेहरुलाई उन्मुक्ति दिएको तथा नक्कली ऋणीहरुलाई फसाएको भन्दै संसदीइ समितिमा उजुरी परेको थियो । सो प्रकरणमा धितोबाट कर्जा असुली हुने अवस्था भएपनि धितो लिलामी प्रक्रिया नै रोकेर नक्कली ऋणीलाई फसाइएको आरोप खतिवडामाथि छ ।

Advertisement 1


त्यहाँ १३ जना पीडितहरुले उजुरी दर्ज गरेका थिए । खतिवडा अवसरवादी भएको,
यससम्बन्धमा संसदीय समितिको सुनुवाईमा उजुरी परेपनि त्यसबारे छलफल नै नगरी उनलाई अनुमोदनको चलखेल भइरहेको खुलेको छ । त्यसबारे उजुरीकर्ताहरुलाई समितिले बाइपास गरेको खुलेको छ । समितिले उजुरीकर्ताहरु सम्पर्कमा नआएको भन्दै उजुरी उपर छलफल नै नगरी २७ गतेको लागि खतिवडाको संसदीय सुनुवाई तय गरिएको छ । तर, आफुहरुलाई सम्पर्क नै नगरिएको उजुरीकर्ताहरुले बताएका छन् ।

प्रकाशित :२०७७ कार्तिक २०, बिहीबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry