अब शिक्षकले एक जिल्लाबाट अर्को जिल्ला सरुवा गर्न पाउने
काठमाडौं। अब शिक्षकले अन्तरजिल्ला सरुवा गर्न पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरजिल्ला शिक्षक सरुवा फुकुवा गरेसँगै शिक्षकले एक जिल्लाबाट अर्को जिल्ला सरुवा गर्न पाउने भएका हुन्।
Advertisement 1
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरुवासम्बन्धी निर्देशिका स्वीकृत गरेर यसअघि रोकिएको अन्तरजिल्ला सरुवा खुला गरेकी हुन्।
आवेदन दिएको प्राथिमकताको आधारमा सरुवा हुने व्यवस्था निर्देशिकामा गरिएको छ।
निर्देशिका कार्यान्वयनका लागि मन्त्रालयले ७५३ वटै स्थानीय तह, ७७ वटै शिक्षा, विकास तथा समन्वय इकाई, सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ।
प्रकाशित :२०८१ जेष्ठ १४, सोमबार १६:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%