केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन्ः खिमलाल भट्टराई
सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् ।
Advertisement 1
‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन,’ मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै भट्टराईंले भने, ‘फेरि पनि राजनेता फर्केर आउँछ ।’
कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे ।
Advertisement 2
सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद् विस्तार गर्न नसकेकोप्रति उनले आलोचना गरे।
भट्टराईले भने, ुसरकार बन्न सकेको छैन। त्यसमा पनि केपी ओली फोबिया छ कि भन्ने लाग्छ। आशा गरिएको सरकार हटाएर झ्यालबाट आएको सरकारले अपेक्षा गर्ने ठाउँ छैन।ु
Advertisement 3
सरकारमा गएपछि कांग्रेसको हाइट घटेको दाबी गरे। कांग्रेस आदर्शको हिसाबले च्युत भइरहेको उनले जिकिर गरे। सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भन्नुको सट्टा समस्या भनेको उनको आरोप थियो। सीमामा नेपाली मारिँदा समेत सरकारले बोल्न नसकेको उनको टिप्पणी छ।
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्दा सुकुमबासी समस्या समाधान नहुने उनको दाबी छ।
यस्तै, माओवादी केन्द्र पनि आफ्नो तागतमा उभिन नसक्ने उनले बताए। आफूलाई सवल बन्न नसकेर कहिले एमाले त कहिले कांग्रेसको पछि लाग्न बाध्य भएको उनको आरोप छ।