‘हिसाबकिताब हुन्छ’ भन्दै प्रहरीलाई धम्की दिएका मेखलाल श्रेष्ठ बने गण्डकीका मन्त्री
ड्युटीमा रहेका प्रहरीलाई धम्की दिने सांसद गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री भएका छन् ।
Advertisement 1
डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई धम्की दिने नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ मन्त्री बनेका हुन्। जेठ २९ मा उनले प्रहरीसँग अभद्र व्यवहार गर्दा विवादित बनेका थिए। निषेधाज्ञामा भिड जम्मा पार्दै नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बधाई दिन पुगेका सांसद मेषलाल श्रेष्ठले इन्सपेक्टरलाई ‘हिसाब किताब ’ हुन्छ भन्दै धम्की दिएका थिए । उनलाई मुख्यमन्त्री नेपालीले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।उनी स्याङ्जाबाट समानुपातिक सांसद बनेका हुन्।
सांसद श्रेष्ठले ‘नाम के हो हिसाब किताब हुन्छ’ भन्दै ड्युटीका इन्स्पेक्टरमाथि धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।