मंसिरभित्र सबै नेपालीले खोप पाउँछन् :- स्वास्थ्यमन्त्री तामाङ

 

Advertisement 1

सरकार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको निदानमा प्रयासरत छ । कोरोना भाइरसको जोखिम कम गर्ने अहिलेको एउटै विकल्प खोप नै हो । अरु उपायहरुले मात्र यसको जोखिम कम नहुने रहेछ । अहिले खोपको समेत विकास भैसकेकोले हामी खोप ल्याउने तयारीमा जुटेका छौं । हामी खोप उत्पादक राष्ट्रहरु त हाइनौं तर खोप उत्पादक राष्ट्रहरुसँग हामीले समन्वय गरिरहेका छौं ।

धेरै चरणका छलफलहरु भइसकेको छ । धेरै डिप्लोम्याटिक च्यानलहरुलाई पनि हामीले प्रयोग गरेका छौं । स्वयंम राष्ट्रपतिले र प्रधानमन्त्रीज्यूले पनि खोपको लागि अनुरोध गरिरहनु भएको छ । त्यसैले खोप सम्बन्धि केही परिमाणहरु सकरात्मक देखिन्छ । केही दिनभित्र सकरात्मक सन्देशहरु आउँछ भन्नेमा हामीलाई विश्वास छ । धेरै ठाउँमा हाम्रो खोप सम्बन्धिको विषय सकरात्मक ढंगबाट अगाडी बढेको अवस्था छ । हामी नेपाल सरकारले खोप ल्याउँछौं र नेपाली जनताको जीवन रक्षाको लागि हामी लाग्छौं र त्यो ठाउँमा हामी छौं ।

Advertisement 2

हाम्रा कति प्रकृियाहरु छन् र ति सबै प्रकृियाहरुबाट चाहिँ हामीलाई सकरात्मक सन्देशहरु आइरहेका छन् । त्यसैले खोप सम्बन्धी छिट्टै केही सकरात्मक समाचारहरु आउने तर्क आफ्नो म स्पष्ट पार्ने चाहन्छु । सबै नागरिकको जीवन रक्षाको लागि जसरी पनि खोप ल्याउने बाटोमा सरकार लागिरहेका छ । योसँगै विश्व स्वास्थ्य संगठनको कोभ्याक्सबाट प्राप्त हुने खोपको बारेमा पनि कुरा अगाडि बढेको छ । केही समयभित्र नै नेपाली नागरिकहरुलाई खोप उपल्बध गराएर सुरक्षित हुने वातवारण निर्माण हुनेमा सरकार विश्वस्त देखिएको छ ।

हामीलाई कोभ्याक्स फ्यसिलिटीबाट प्राप्त हुने खोपको बारेमा कुराकानी अगाडि बढाएका छौं । त्यसैगरी विभिन्न मित्र राष्ट्रहरुले हाम्रीसँग दोहोरो पत्राचार र दोहोरो वार्तालाप पनि चलिरहेको छ । सकारात्मक छन् । हाम्रो दक्षिण छिमेकी मित्रराष्ट्र भारत र उत्तर छिमेकी मित्रराष्ट्र चीनसँग खोपको विषयमा धेरै चरणमा र धेरै गहिरो स्तरमा छलफल भएको छ । त्यस्तै अन्य मित्रराष्ट्रहरु अमेरिका जुन खोप उत्पादक राष्ट्र हो, रसिया खोप उत्पादक राष्ट्र हो, बेलायत खोप उत्पादक राष्ट्र हो । ती सबैसँग छलफल भइहरेको छ । उहाँहरुसँग पनि हाम्रो दोहोरो वार्ता चलिरहेको छ ।

Advertisement 3

हामीले निरन्तर उहाँहरुसँग कुराकानी गरिरहेका छौं । वहाँहरु सकरात्मक छन् । मलाई लाग्छ हामीले नेपाली जनतालाइ खोप लगाएर सुरक्षित गर्न सक्ने ठाउँमा हामी पुग्छौं । सीमित मुलुकका सीमित कम्पनीले मात्र खोप उत्पादन गरिरहेका छन् । खोपको माग विश्वभर अत्याधिक छ । माग अनुसार उत्पादन नहुँदा समयमा ने खोप ल्याउन नसकिएको हो । खोप उत्पादक राष्ट्रहरुले नै आफ्नो सबै नागरिकलाई खोप उपल्बध गराउन नसकेको अवस्था रहेको छ ।

यति हुँदाहुँदै सरकारले केही मात्रामा खोप उपलब्ध गराएर जनतालाई दिइसकेको अवस्था रहेको छ । खोप उत्पादक राष्ट्र स्वंयमले समेत खोप उत्पादन गरेर आफ्नो देशको नागरिकलाई लगाउन सकेको छैन । त्यसकारणले यो अलिक जटिल नै विषय हो । र यो जटिल विषयमा हामीले वार्ताहरु सुरु गरेका छौं । र यहाँ आएर मैले यो जिम्मेवारी सम्हालेदेखि नै मैले यो कामलाई नै प्राथमिकताको साथ हेरेको छु ।

अब हामीलाई प्राप्त सूचनाको आधारमा हेर्दा छिट्टै सबै नेपाली नागरिकहरुलाई एकदमै सुरक्षित गर्ने कुरामा हामी पुग्छौं भन्ने हामीलाई विश्वास छ । हाम्रो सकरात्मक प्रयत्नले पक्कै काम गर्छ भन्ने हामीलाई विश्वास छ । सरकारले आगामी मंसिरसम्म सबै नेपालीलाई खोप उपल्बध गराउने प्रतिबद्धता जनाएको छ । त्यही किसिमले हामी काम गरिरहेका छौं । जसरी पनि मंसिरभित्र सबै नेपाली खोपको पहुँचमा पुग्छन् ।

प्रकाशित :२०७८ असार ७, सोमबार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry