एकैदिन ४२ विपद्का घटना

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ।
Advertisement 1
प्राधिकरणका अनुसार पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका ७, भारी वर्षाका ६, जनावर आक्रमणका ३, बाढीको १ र भूकम्पको १ घटना भएका छन्। ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट ४, आगलागीबाट २, भारी वर्षाबाट १ र जनावरको आक्रमणबाट २ गरी २१ जना घाइते भएका छन्। विपद्का घटनाबाट अनुमानित रु १ करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ।
Advertisement 2
यसैगरी देशभर ९ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ।
प्रकाशित :२०८३ श्रावण १२, मंगलवार १५:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








