धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर। भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन्।

Advertisement 1

धापखर्कमा कूल ३५ घर छन्। अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब रु २५ लाख लागतमा २२ घरलाई पानी वितरण गरिएको खाने पानी निर्माण उपभोक्ता समितिका सचिव लाक्पा शेर्पाले बताए।

Advertisement 2

खानेपानी आयोजनाले धापखर्क आधारभूत विद्यालयमा समेत पानी उपलव्ध गराएको छ।

आर्थिक वर्ष २०८०÷८१ मा सुरु गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि धापखर्क क्षेत्रका सबै घरपरिवारमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी पहुँच सुनिश्चित हुने स्थानीयको भनाइ छ।

प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry