दिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै
काठमाडौं। नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।
Advertisement 1
‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।
Advertisement 2
यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निःशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाइने कम्पनीले जानकारी दिएको छ।
सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको कम्पनीको भनाइ छ।