रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्रमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्दै

 

Advertisement 1

नेकपा एमालेका नेता शेरबहादुर तमाङले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन लागेको पृष्टि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना क्याविनेटका ४ जना बाहेक एमाले कोटाबाट मन्त्री बनेकाहरु सबै परिवर्तन गरी नयाँ मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । जसमध्ये विष्णु पौडेल,लीलानाथ श्रेष्ठ,बसन्त नेम्बाङ र कृष्ण गोपाल श्रेष्ठ यथावत रहनेछन् ।
नयाँ मन्त्रीमण्डलमा पूर्व राजपा खेमाका ८ मन्त्री र दुई राज्यमन्त्री नियुक्त हुँदैछन् भने शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्ने भएका छन्। उनी यस अघि कानुन मन्त्री थिए । यस अघि ओलीकै क्याविनेटमा भौतिक योजना मन्त्री रहेका रघुविर महासेठ यसपटक उपप्रधानसहित परराष्ट्रमन्त्री बन्दैछन् ।

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारी स्वकीय सचिव भेषराज अधिकारीले बताए।

Advertisement 2

 

 

Advertisement 3

 

 

 

 

प्रकाशित :२०७८ जेष्ठ २१, शुक्रबार १९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry