घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा रु ४ हजार र चाँदी रु ३५५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार ३९० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ७४५ मा खरिदबिक्री भएको थियो । गत बुधबार १ तोला छापावाल सुन रु ३ लाख र्२ हजार २०० र चाँदी रु ५ हजार ७१० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry