ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी। घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ।

प्रकाशित :२०८२ फाल्गुन २६, मंगलवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry