निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
Advertisement 1
निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी ६÷६ स्थानमा अगाडि छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार १÷१ स्थानमा अगाडि छन्। यसैगरी हालसम्म रास्वपा र कांग्रेसका १÷१ जना उम्मेदवार विजयी भएका छन्। रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १५:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













