मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

मुस्ताङ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन्।

Advertisement 1

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई १ हजार ५०४ मतान्तरले पछि पार्दै उनी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमाले उम्मेदवार विष्टले १ हजार ८०३ मत प्राप्त गरे। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।

Advertisement 2

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले १५१, उज्यालो नेपाल पार्टीका डा सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले ९ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन्।

मुस्ताङका ५ स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा ६ हजार २९८ मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएको छ।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry