विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छुः सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताएका छन्।

Advertisement 1

घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उनले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताएका ह।

प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएपछि गत मङ्गलबार दोस्रोपटक यहाँ आइपुगेका सभापति थापाले मतदातासँग भेटघाट गरिरहेका छन्।

Advertisement 2

आज यहाँको बरहथवा नगरपालिका, बसबरिया गाउँपालिकाअन्तर्गत क्षेत्र नं ४ मा पर्ने वडाका मतदातासँग भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रलाई उत्कृष्ट बनाउने गरी आफूले काम गर्ने बताए। “आगामी ५ वर्षभित्रमा मधेसमा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई भौतिक विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट बनाउन लाग्ने छु। आगामी ५ वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनामा मैले काम गर्छु, योजनाबद्ध रूपमा काम गर्छु”, सभापति थापाले भने।

उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे। “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ। प्रधानमन्त्री बनेपछि ५ वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ”, सभापति थापाले भने।

प्रकाशित :२०८२ फाल्गुन १, शुक्रबार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry