गृहमन्त्री अर्यालद्वारा निर्वाचनको तयारीबारे छलफल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन्।

Advertisement 1

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुसँग छलफल गरेका हुन्।

सो अवसरमा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गरे। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु फागुन ४ गतेपछि सञ्चालन हुने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए।

प्रकाशित :२०८२ माघ २७, मंगलवार १७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry