यी हुन् देउवाको पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्ने २३ एमाले सांसद

संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको हलमा भेला भएर उनीहरु हस्ताक्षर जुटाउँदै छन् ।सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको छ । सो हस्ताक्षरमा माधव नेपाल पक्षधर मानिएका योगेश भट्टराई र गोकर्णविष्टले हस्ताक्ष गरेका छैनन् । माधव नेपाल खेमाका एक नेताका अनुसार गोकर्ण बिष्ट बिरामी भएको हुँदा घरमै गएर हस्ताक्षर गराउने वा वारेसनामा पठाउने भन्ने बिषयमा छलफल भइरहेको छ । उनले १ बजे सर्वोच्च पुगेर रिट दायर गर्ने तयारी भइरहेको सुनाए । यी हुन् हस्ताक्षर गरेका माधव पक्षका सांसदहरू –
Advertisement 1
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवी जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी चौधरी
११ माधव नेपाल
१२ भीम रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कर्ण कायस्थ
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा
Advertisement 2