राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

आज सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । आफ्ना प्रतिष्प्रर्धी गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दा मतभार अनुसार बादलले ४०१४ मत पाएका हुन् ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

Advertisement 1

देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

प्रकाशित :२०७८ जेष्ठ ६, बिहीबार १७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry