सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्रीको तयारी, को-को बन्दैछन् मन्त्री ?

हिजो बिहिबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका केपी शर्मा ओलीले आज अपरान्ह दुई बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । बहुमतको सरकार बनाउन विपक्षी दल असफल भएपछि पुनः नियुक्ति पाउन सफल प्रधानमन्त्री ओलीले आज दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम छ।

Advertisement 1

यस अघि ओली ०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । तर, विश्वासको मत नपाएपछि उनी पदमुक्त बनेका थिए ।

यसैबीच ओली बिहीबार नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । जसमध्य पूरानै अनुहार दोहोरिने छन् । केही नयाँ अनुहार देखिनेछन् । खानेपानी मन्त्री मणिचन्द्र थापा र खेलकुदमन्त्री दावा लामा पदमुक्त हुँदैछन् । संविधान अनुसार,संसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्छ । उनीहरुको ६ महिना यही १० जेठमा पुग्दैछ । यस्तै हालै माओवादी त्यागेर एमाले बनेपछि माओवादी केन्द्रको कारवाहीमा परेका गृहमन्त्री रामबहादुर थापा,श्रममन्त्री गौरीशंकर चौधरी,शहरी विकास मन्त्री प्रभु साह र उद्योगमन्त्री लेखराज भट् लगायतले संविधान अनुसार अझैं ५ महिना मन्त्री बन्न सक्नेछन् ।
वालुवाटार निकट स्रोतका अनुसार, बिना बिभागीय उपप्रधानमन्त्री इश्वर पोख्रेललाई महासचिवको हैसियतमा पार्टी सम्हाल्न या सरकारमा रहनेमध्ये एउटा रोज्न भनिएको छ ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजना मन्त्री वसन्त नेम्वाङको दोहोरिने सम्भव प्रवल देखिएको छ । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ ।

Advertisement 2

यता ओलीलाई समर्थन गरेका जनता समाजवादी पार्टी ( महन्थ राजेन्द्र) पनि तत्काल सरकारमा सहभागी नहुने भएको छ । उस्ले एक महिना समय हेर्ने र आफ्ना माग सम्बोधन भए सरकारमा सामेल हुने बिषयमा सोच्न सकिने जबाफ फर्काएको छ । वालुवाटारले उस्लाई २ मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेको थियो । तर सो खेमाले अस्वीकार गरेको जसपाका एक सांसदले सुनाए ।
उता माधव नेपाल पक्षधरलाई ४ मन्त्रालयसहित सरकारमा सामेल हुने भनिए पनि माधव नेपाल खेमा तत्काल सामेल हुने सम्भवना कम रहेको छ ।माधव नेपाल समूहको उपल्लो तहमा रहेका नेताहरु तत्काल मन्त्रीमण्डलमा जाने सम्भावना कम रहेको जनाएको छ ।

प्रकाशित :२०७८ बैशाख ३१, शुक्रबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry