आज फेरि मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। हिजो आइतबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । आजको बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।
तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन ।

Advertisement 1

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओलीले साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्ने छन्। उनले समसामयिक विषय र कोभिड–१९ का सन्दर्भमा सम्बोधन गर्न लागेका हुन्। त्यसलगतै अपरान्ह ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत राखेका छन्।

हिजो बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।

प्रकाशित :२०७८ बैशाख २०, सोमबार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry