मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष राजीनामा बुझाएका हुन् ।
Advertisement 1
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ज भएको छ । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै छ ।
गत ६ वैशाखमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ज गरेका थिए । त्यसपछि उनले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाउने प्रयास गरेका थिए । जसपाले आफ्ना चारै सांसदलाई पदबाट बर्खास्त गरिसकेको छ ।
कर्णालीमा झैं माधव नेपाल पक्षधर सांसदहरुबाट फ्लोर क्रस हुने डरले अविश्वासको प्रस्तावको सामना नगरी उनले राजीनामा दिएका हुन् ।
Advertisement 2
दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए । तीन बर्ष दुई महिनामै मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार ढलेको हो ।
हठात पोखरेलले राजीनामा दिनुको कारण भने पुन आफ्नै नेतृत्वमा एकल सरकार बनाउनका लागि राजीनामा दिएका हुन् । सो प्रदेश सभामा ८७ जना सांसद रहेकामा जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएका छन् । अहिले प्रदेश सभा ८१ सदस्यीय छ। सत्तारूढ एमालेसँग ४१ सांसद छन्। बहुमत सांसद आफ्नो पक्षमा भएपछि एकल सरकार बनाउने उदेश्यले उनले हठात राजीनामा दिएका हुन् ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई,राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्। त्यहाँ एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ। प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ ।
Advertisement 3