सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ।

Advertisement 1

गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री हुनेछ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ बैशाख २, मंगलवार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम