सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ७८ हजार नजिक

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ।
Advertisement 1
सोमबार सुनको मूल्य अहिलेसम्मकै उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ।
यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँका दरले भएको थियो।
Advertisement 2
त्यस्तै सोमबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला २ हजार २५ रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ चैत्र १८, सोमबार ११:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%