९ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १९ सय ५० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ फाल्गुन २१, बुधबार १०:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%