नौटंकीबीच लमजुङको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा सेढाई

लमजुङ, नविन सुवर्णकार। एमाले लमजुङमा बेला बेला निकै नौटंकी देख्न पाइन्छ। पत्रकार महासंघ लमजुङको अधिवेशनमा त्यस्तै भएको थियो। प्रेस युनियन र प्रेस चौतारीको समर्थनमा युनियनका सन्तोष पौडेललाई महासंघको अध्यक्ष बनाउने सहमतिको निर्णय विपरीत चौतारी समर्थित अनुज अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि एमाले वृत्तमा निकै खैलाबैला मच्चियो। अधिकारीलाई उम्मेदवारी फिर्ता गराउन एमालेका जिल्ला नेतादेखि केन्द्रीय नेताहरुले निकै दबाब दिए।

Advertisement 1

माओवादी समर्थित पत्रकार र एकजना घण्टी पार्टीका पत्रकारको आडभरोसामा अनुजले आफ्नो उम्मेदवारीलाई फिर्ता नलिएपछि उनलाई एमालेको साधारण सदस्य र प्रेस चौतारी गण्डकी प्रदेश सदस्यबाटै निस्कासन गरिएको विज्ञप्ति निकालियो।

जिल्ला अध्यक्ष कृष्ण आलेलाई हस्ताक्षर गर्न लगाएर कार्वाही गरेको विज्ञप्ति निकालेपनि त्यसमा आलेको कुनै हात थिएन। यो सबै प्रेस चौतारी गण्डकी प्रदेशका महासचिव तथा लमजुङ सयोजक आशबहादुर गुरुङको योजना थियो। पत्रकार महासघ लमजुङको २६औं अधिवेशनमा युनियन र प्रेस सेन्टर मिल्दापनि चौतारीका अनुजले युनियनका उनै सन्देशलाई पराजित गरेका थिए। यसरी चौतारी र पार्टीबाट एक्कैसाथ निकालिएका अनुजलाई थामथुम पार्न प्रेस चौतारी लेखा आयोगको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

Advertisement 2

यही २० गते प्रेस चौतारी लमजुङको जिल्ला अधिबेशन आयोजना गरेका थिए उनै आश गुरुङले। राम्रो र मजबुत संगठन भनिएको चौतारीमा औतारीहरुले गोलमोटल। उद्घाटनका लागि नेपाल सरकारकै प्रबक्ता पृथ्वीसुब्बा गुरुङको आगमन। उनका पिए बिक्रम नेउपाने समेत चौतारी लमजुङका इन्चार्ज। एमाले पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा पत्रकारको खासै उपस्तिथि थिएन। दर्जन जति एमालेका कार्यकर्ताको बीच न कुनै सरसल्लाह न कुनै प्रतिवेदन न कुनै हरहिसाव उनै आश गुरुङले तयार पारेको लिस्टोको आधारमा सुरज गुरुङको अध्यक्षतामा कमिटी बनाइयो। सहकारीमा कार्यरत एक कर्मचारीलाई संगठनको उपाध्यक्ष बनाइएपछि सदस्य सुमित्रा भुजेलले सामाजिक संजाल मार्फत आपत्ति जनाउँदै चौतारीमा दुईजना ठालुहरुको मनोमानी चल्छ भन्दै असहमति जनाएपछि गल्ती भयो भन्दै सुमित्रालाई उपाध्यक्ष बनाईयो भने सहकारीमा काम गर्ने भाइलाई हटाइयो। यस्तै नौटकी एमालेसँग निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन भित्र पनि हल्ला चलेको थियो तर सहमतिमै टुंगियो।

यहि माघ २४ गते आयोजित १२औं जिल्ला अधिवेशनमा केही असन्तुष्टिका स्वर सुनिए पनि सुन्दरबजार नगरपालिकाका लेखापाल कृष्णराज सेढाईको अध्यक्षतामा नयाँ कमिटी चयन भएका छ। जसमा बेसीशहर नपाका कर्मचारी दुर्गा गुरुङ र मुकेश कुवर उपाध्यक्ष,दिपेश अधिकारी सचिब, नेत्र गुरुङ (जिल्ला प्रशासन) सहसचिव जलश्रोत तथा सिंचाई कार्यालयका बिनोद लोहनी कोषाध्यक्ष छन् भने लेखनाथ उपाध्याय, सन्तोष सुवेदी , सीता गुरुङ युवाराज सुनार र लोकराज अधिकारी सदस्यमा चयन भएका छन। त्यस्तै प्रदेश प्रतिनिधिमा रामकली गुरुङ दिनानाथ अधिकारी र कृष्णराज पोखरेल छन भने केन्द्रीय प्रतिनिधिमा निरोज कुमार श्रेष्ठ, त्रिलोकचन्द्र गुरुङ र इशु कुमारी शाह चयन भएका छन।

प्रकाशित :२०८१ माघ २७, आईतवार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry