सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम गरिएको छ। बुधबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला १८ सय ५५ रुपैयाँका दरले कारोबार भएको चाँदी बिहीबार १८ सय ८५ रुपैयाँका दरले कारोबार हुने महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ माघ १७, बिहीबार १०:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%