३ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स
काठमाडौं। नेपाल राष्ट्र बैंकले असोजमा मात्रै करिब डेढ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जानकारी गराएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
Advertisement 1
नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
Advertisement 2
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रकाशित :२०८१ मंसिर ४, मंगलवार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%